Saving

 बचतका प्रकारहरु :

(क) अनिवार्य बचत

प्रत्येक महिना महिनामा वा निश्चित नियमित अवधिमा सदस्य रहँदासम्म अनिवार्य रूपमा सदस्यले जम्मा गर्न कवोल गरेको बचतलाई नियमित बचत भनिने छ । यस्तो बचत मासिक वा नियमित रुपमा न्यूनतम रू ५००।– नियमित रुपमा जम्मा गर्नुपर्नेछ । यस्तो बचतमा सदस्यको नियमित आय क्षमताको आधारमा एक आर्थिक वर्षभरी समान दरमा जम्मा गर्नुपर्नेछ ।

 

(ख) ऐच्छिक बचत

संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई आफ्नो ईच्छा अनुसार राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई ऐच्छिक बचत भनिने छ । सदस्य बनेपश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्नुपर्नेछ । संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु व्याज, लाभांश, संरक्षित पुँजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिनेछ । यस्तो बचतमा न्यूनतम रू.२५ देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिने छ ।

 

(ग) क्र. आवधिक बचत

दैनिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले दैनिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने बचतलाई दैनिक बचत भनिने छ । दैनिक बचतमा न्यूनतम रू २५।– रकम जम्मा गर्न सकिने छ । यस्तो खाता सञ्चालन गर्दा संस्था र सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि निश्चित गरिन्छ ।

 

(घ) वाल शैक्षिक बचत

सदस्यको संरक्षकत्वमा रहेका २ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरुले दैनिक, साप्ताहिक वा मासिक रूपमा जम्मा गर्ने बचतलाई वाल बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रु. २५ देखि अधिकतम जतिसुकैरकम बचत गर्न सकिने छ भने यो खाता सञ्चालन गर्दा संस्था र संरक्षक सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि निश्चित गरिन्छ ।

 

(ङ) लखपति बचत

मासिक आम्दानी गर्ने सदस्यहरुको सुविधाका लागि संस्थाका सदस्यहरूले मासिक रूपमा संस्थामा आई जम्मा गर्ने वा संस्थाका कर्मचारीहरूले दैनिकरुपमा सदस्यहरूको घर दैलोमा गई संकलन गरिने र संस्थाले निर्धारन गरेको समयमा मात्र झिक्न मिल्ने बचतलाई लखपति बचत भनिने छ । मासिक बचतमा न्यूनतम रू १२५०।– रकम ५ वर्षको लागि वा रु.२३५०।– ३ वर्षको लागि जम्मा गर्न सकिने छ । यस्तो खाता सञ्चालन गर्दा संस्था र सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि, मासिक राखिने किस्ता र खाताको अवधि पुरा भएपछि प्राप्त गरिने जम्मा रकम निश्चित गरिन्छ ।

 

(च) जेष्ठ सदस्य बचत

संस्थाका सदस्यहरू मध्ये ६० वर्ष उमेर पुगेका सदस्यहरूबाट मासिक रूपमा जम्मा गरिने बचतलाई जेष्ठ सदस्य बचत भनिने छ । यो बचतमा न्यूनतम रू ६२५।– रकम ५ वर्षको लागि जम्मा गर्न सकिने छ । यस्तो खाता सञ्चालन गर्दा संस्था र सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि, मासिक राखिने किस्ता र खाताको अवधि पुरा भएपछि प्राप्त गरिने जम्मा रकम निश्चित गरिन्छ । साथै यस बचतमा सहभागि सदस्यहरुलाई वार्षिक रुपमा संस्थाले तोके बमोजिमको रकम उपहार स्वरुप प्रदान गरिने छ ।

 

(छ) भ्रमण तथा तीर्थाटन बचत

धार्मिक यात्रा, पर्यटन वा तीर्थब्रतमा इच्छुक सदस्यहरुले लक्षित भ्रमण तीर्थाटनमा लाग्ने खर्च बन्दोबस्तीका लागि गर्ने बचतलाई भ्रमण तथा तीथाटर्न बचत भनिनेछ । सदस्यहरुले पर्यटन वा तीर्थ यात्रा गरे वापत ऋणको बोझ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले संस्थाले यस्तो बचत सेवा सञ्चालन गर्नेछ । भ्रमण तथा तीथाटर्न बचतमा सहभागि सदस्यहरुलाई सहभागितात्मक रुपमा पर्यटन वा धार्मिक यात्रामा लैजान संस्थाले यस सेवामा सहभागि सदस्यहरुको लागत सहभागिता रहने गरी संयोजन गर्न सक्नेछ । यस्तो बचतमा मासिक न्यूनतम रु १००० देखि बढिमा जतिसुकै रकम जम्मा गर्न सकिनेछ । योे खाता सञ्चालन गर्दा संस्था र सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि, मासिक राखिने किस्ता र खाताको अवधि पुरा भएपछि प्राप्त गरिने जम्मा रकम निश्चित गरिन्छ ।

 

 

(ज) बीमा बचत

सदस्यहरुको वित्तीय सुरक्षाको लागि जोखिम व्यवस्थापन गर्न जीवन बीमालाई प्रोत्साहित साथै सहज र सरल बनाउन न्यून आय भएका सदस्यहरुलाई समेत व्यावसायीक बीमा योजनामा सहभागी गराउने उद्देश्यले बीमा प्रिमियम भुक्तानी प्रयोजनको लागि गरिने बचतलाई बीमा बचत भनिन्छ । यो बचतमा न्यूनतम रु. ५० देखि बढिमा जतिसुकै रकम जम्मा गर्नसक्नेछन् ।

 

(झ) आवधिक बचत

संस्थाका सदस्यहरूले निश्चित अवधि सम्मको लागि सम्झौता गरी राखिने बचतलाई आवधिक बचत भनिने छ । यस्तो बचतमा न्यूनतम रू. १०,००० देखि अधिकतम जतिसुकैरकम बचत गर्न सकिने छ । यसरी संकलन गरिने बचत संस्थाको कूल बचतको २० प्रतिशत भन्दा बढी हुने गरी स्वीकार गरिने छैन ।

 

(ञ) कारोवार बचत

संस्थाका सदस्यहरूले आफूस“ग भएको रकमलाई दैनिक कारोवारको रुपमा राख्ने र झिक्न पाउने सुविधा भएको बचतलाई कारोवार बचत भनिने छ । सदस्यहरुले संस्थाले तोकेको न्युनतम मौज्दात अनुसार ब्याज रकम प्राप्त गर्नेछन् । यस्तो बचतमा न्यूनतम रू.२५ देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिने छ ।

 

(यी बचतका प्रकारहरु बाहेक पनि संस्थाले सदस्यहरुको माग र आवश्यकता अनुसार अन्य किसिमका बचत योजनाहरुमा सदस्यहरुलाई सहभागि गराउन सक्नेछ । यस्ता खाता सञ्चालन गर्दा, संस्था र सदस्य बीचमा भएको सम्झौताका आधारमा खाता सञ्चालन गर्ने अवधि, दैनिक÷मासिक राखिने किस्ता र खाताको अवधि पुरा भएपछि प्राप्त गरिने जम्मा रकम वा ब्याज निश्चित गरिन्छ ।)

en_USEnglish